राजनीति


बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने

बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १७:४३, काठमाडौँ

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चारवटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो।

बालबालिकाका संगठनहरु, बालबालिकाका लागि स्थानीय तथा प्रदेश सरकारले बनाएका ऐन र तिनको कार्यान्वयनको अवस्था लगायत विषयमा अध्ययन गर्न समितिले स्थलगत भ्रमण गर्न लागेको समिति सभापति तुलसाकुमारी दाहालले बताइन्।

उनकाअनुसार समितिले स्थानीय तहहरुमा संगठित भएका बालबालिकाहरुसँग क्लवहरु विभिन्न जाती, भाषा र लिङ्गको आधारमा छन् कि छैनन् भने छुट्टै छलफल गर्नेछ।

समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरुले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरुसँग छलफल गर्ने सभापति दाहालले बताइन्। उनले कोशी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस प्रदेशमा मधेसी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने बताइन्।

उनले भनिन्, ‘कोसी र मधेस प्रदेशमा र लुम्बिनी र कर्णाली प्रदेशमा प्रदेशमा अनुगमन गर्ने कार्यतालिका बनाएका छौं। भ्रमणमा हामी विषेश गरी तीन वटा विषयमा केन्द्रित रहनेछौं। एउटा हामी बालबलिकासँग छुट्टै छलफल गर्छौं। स्थानीय तहहरुमा संगठित भएका बालबालिकाहरुसँग क्लव विभिन्न जाती, भाषा, लिङ्गको आधारमा बनेको छ कि छैन? र बालबालिकाको स्थिति के छ भनेर स्थानीय तहमा छलफल गर्छौं।’

समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणको लागि भ्रमणमा जानेछन्। कोशी तथा मधेस प्रदेशको स्थलगत भ्रमणमा जने टोलीले विराटनगर, जनकुपर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लवहरुसँग छलफल गर्नेछ।

यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरुले नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ। भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad