प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छेन्दु पुगेकी छन्।
बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेकी उनी केहीबेरअघि छेन्दु पुगेकी हुन्।
मन्त्री राणालाई त्यहाँ चिनियाँ अधिकारीहरूका साथै चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायतले स्वागत गरेका छन्।
शुक्रबार उनले विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जानेछन्।
75
Shares

प्रतिक्रिया