नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर नगरमा फेरि १८ वर्ष अगाडिको जस्तै उत्साह देखिएको बताएका छन्।
कीर्तिपुर नगरपालिकामा माओवादीका उम्मेदवार प्रा।डा। शिवशरण महर्जनलाई मत माग्दै अध्यक्ष प्रचण्डले २०६४ मा आफूलाई जिताएर गणतन्त्र मुलुक घोषणा गर्न पाएको स्मरण गरे।
उनी पहिलो संविधान सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित भएका थिए।
‘यो चोकमा उभिएर केही कुरा राख्दै गर्दा १८ वर्ष अगाडिको उत्साह, विश्वास फेरि एकपटक पुनरावृत्ति भएको पाए,’ प्रचण्डले भने, ‘मैले कीर्तिपुरबाट निर्वाचित भएर गणतन्त्र घोषणा गर्ने अवसर पाएको थिएँ। यो कीर्तिपुर नगरपालिकाको प्रमुखको चुनाव जिताएर शिवशरणलाई कीर्तिपुरलाई नमुना कीर्तिपुर बनाउन, यहाँका भ्रष्टाचार अन्त्य गरेर सुशासन गर्न पुरै स्वतन्त्रता दिइनेछ।’
प्रचण्डले शिवशरण बुद्धिजिवी समाजसेवी भएको बताउँदै माओवादी केन्द्रको तर्फबाट चुनाव लडेपनि उहाँ सबैको साझा उम्मेदवार बनिसकेको दाबी गरे।
Shares

प्रतिक्रिया