राजनीति


कीर्तिपुरमा माओवादीको चुनावी सभा सुरु

कीर्तिपुरमा माओवादीको चुनावी सभा सुरु

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १५:२२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले काडमाडौँको कीर्तिपुरमा चुनावी सभा सुरु गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरू विभिन्न ठाउँबाट निस्किएको जुलुसमा सभाभागी भएर यतिबेला कीर्तिपुर नगरपालिका नःगाउँ दोबाटोमा रहेको सभास्थल पुगेका हुन्।

कार्यक्रममा प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी छन्।

कीर्तिपुर नगरपालिकामा माओवादीबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार छन्। उनलाई एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन गरेको छ।

यसैगरी कीर्तिपुरमै अहिले नेपाली कांग्रेस र नेकपा एमालेको पनि चुनावी सभा भइरहेको छ।

कांग्रेसको सभामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन्।

यसैगरी एमाले सभामा महासचिव शंकर पोखरेल छन्।

स्वतन्त्र सांसद राजमान महर्जनले आजै अपरान्ह ४ बजेपछि बागभैरवमा चुनावी सभा राखेको छ।

सो सभामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहितले सम्बोधन गर्दैछन्।

कीर्तिपुर नगरमा यसपटक ठूला दल र स्वतन्त्र उम्मेदवारको टक्कर देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad