राजनीति


सरकारी गाडी लिएर चुनाव प्रचारमा गएका एमाले सांसदको गाडी नियन्त्रणमा

सरकारी गाडी लिएर चुनाव प्रचारमा गएका एमाले सांसदको गाडी नियन्त्रणमा

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १४:२१, काठमाडौँ

कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्।

शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद गिरिधारीलाल न्यौपानेसहित एमाले नेताहरु चढेको गाडी प्रहरीलाई बुझाएका हुन्।

अहिले उक्त गाडी इलाका प्रहरी कार्यालय पकडीमा राखिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। लुम्बिनी प्रदेशसको विषेशाधिकार समिति सभापति रहेका न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडीमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायतका नेता कार्यकर्ताहरु प्रचारमा गइरहेका थिए। 

आज उपनिर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन दलहरुले प्रचारप्रसार व्यापक बनाएका छन्। आजराति १२ बजेबाट मौन अवधि सुरु हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad