राजनीति


उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि

उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार ९:४४, काठमाडौँ

यही मंसिर १६ गते (आगामी आइतबार) हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ। 

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले मतदानको ४८ घण्टा अघिदेखि नै मौन अवधि लागू गर्दै आएको छ।

निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। 

मौन अवधिमा उम्मेदवार वा अरु कसैले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने कानुनी व्यवस्था छ। 

निर्वाचन आयोगले देशभरका स्थानीय तहका ४४ पदमा उपनिर्वाचन गर्न लागेको हो। ४४ मध्ये तीन पदमा जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेकाले आइतबार ४१ पदका लागि मात्रै मतदान हुने छ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad