राजनीति


प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट

नेपालखबर
मंसिर १२, २०८१ बुधबार २१:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपीक्षय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो। मन्त्री ताभियोले नेपालको जलविद्युत्, फोहरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरु तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए।

प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठका अवसरमा मन्त्री ताभियोको नेपाल भ्रमण भएको हो।

भेटका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत ऋना ऋक्का हेइक्का, परराष्ट्र मन्त्रालयका सहचिव गणेश ढकाललगायत सहभागी थिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad