राजनीति


रास्वपाका नेताविरुद्ध मुद्दा हाल्ने अधिवक्तालाई नै सर्वोच्चले दियो स्पष्टीकरणको  आदेश

रास्वपाका नेताविरुद्ध मुद्दा हाल्ने अधिवक्तालाई नै सर्वोच्चले दियो स्पष्टीकरणको  आदेश

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १९:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरुद्ध अवहेलनाको मुद्दा दायर गर्ने निवेदकलाई नै सर्वोच्च अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ।

के कुराले अदालतको अवहेलना भयो भन्ने पर्याप्त आधार र कारण नखुलाएको कारण निवदेकसँगै स्पष्टीकरण माग्ने आदेश भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। 

अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले अदालतबाट आदेश जारी भएको विषयमा सार्वजनिक प्रदर्शन र नाराबाजी गरेको भन्दै अदालतको अवहेलनाको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। 

उक्त मुद्दामा सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।

उक्त सुनुवाइपछि इजलासले थप प्रमाण र कागज भए पेस गर्न आदेश दिएको हो।

रास्वपाले आफ्ना सभापति रवि लामिछाने थुनिएको विषयलाई लिएर प्रदर्शन गरिरहेको छ। अदालतको अनुमति लिएर पक्राउ गरी प्रहरीले सहकारी ठगीसम्बन्धी मुद्दा कसुरमा अनुसन्धान गरिरहेका बेला भइरहेको प्रदर्शन अवहेलनाजन्य रहेको अधिवक्ता भट्टराईले उजुरी निवेदनमा उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad