राजनीति


बीआरआई कार्यान्वयन सम्झौतालाई छाता सम्झौता मानेर अघि बढ्नुहुँदैन : पूर्वपरराष्ट्रमन्त्री साउद

बीआरआई कार्यान्वयन सम्झौतालाई छाता सम्झौता मानेर अघि बढ्नुहुँदैन : पूर्वपरराष्ट्रमन्त्री साउद

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०८१ सोमबार १७:१८, काठमाडौँ

पूर्वपरराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले बीआरआई परियोजना अन्तर्गत ऋण लिनुअघि धेरै कुरामा सावधानी अपनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। 

चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यालयमा पूर्व प्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श गरेका थिए। नेपाली कांग्रेसका नेतासमेत रहेका साउद पूर्व परराष्ट्रमन्त्रीका हैसियतमा परामर्श बैठकमा सहभागी थिए। 

‘बीआरआई अन्तर्गत ऋण लिँदा धेरै कुरा बुझेर लिनुपर्छ भन्ने सुझाव दिएको छु,’ पूर्वपरराष्ट्रमन्त्री साउदले नेपालखबरसँग भने, ‘चीनबाट ऋण होइन, अनुदान लिनुपर्छ भन्नेमा आजको बैठकमा मेरो जोड रह्यो।’  

साउदका भनाईमा, उनले द्विपक्षीय अनुदान लिँदा पनि परियोजनाहरू विचार गरेरमात्र लिनुपर्ने बताएका थिए। उनले बीआरआई कार्यान्वयन सम्झौतालाई छाता मानेर परियोजना अघि बढाउँदा समस्या होला कि भन्ने आशंकापनि व्यक्त गरेका थिए। 

‘त्यसैले, बीआरआई कार्यान्वयनका सन्दर्भमा बीआरआई कार्यान्वयन सम्झौतालाई छाता सम्झौता मानेर अघि नबढ्न सुझाव दिएको छु’ उनले थपे, ‘बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेर सो अन्तर्गतका परियोजनामा ऋण लिने काम गर्नु हुँदैन भन्ने मेरो सुझाव छ।’ 

कुनैपनि देशबाट ऋण लिने कुरामा सावधानी अपनाउनुपर्नेमा आफ्नो जोड रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad