राजनीति


चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग सिंहदरबारमा छलफल सुरु

चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग सिंहदरबारमा छलफल सुरु

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १२:३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री/पूर्व परराष्ट्रमन्त्रीहरुसँग सिंहदरबारमा छलफल सुरु भएको छ। 

चीनको औपचारिक भ्रमणमा जानुअघि सुझाव लिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा बैठक बोलाएका थिए।

बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भने छलफलमा देखिएका छैनन्।

त्यस्तै बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, एनपी साउद, महेन्द्रबहादुृर पाण्डे, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल लगाउतको पनि उपस्थिति छ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad