नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार कोषाध्यक्षमा नियुक्त गरेका हुन्।
व्यवसायी समेत रहेका श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट चुनाव लडेका थिए। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए।
दुइ पटक संविधानसभा सदस्य भएका श्रेष्ठ पूर्व स्वास्थ्य राज्यमन्त्री समेत हुन्। उनी लिटिल एन्जल्स एजुकेसनका संस्थापक अध्यक्ष समेत हुन्।
कृषि, हस्पिटालिटी, हाइड्रो र अस्पताल व्यवसायमा संलग्न श्रेष्ठको चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा लगानी छ।
117
Shares

प्रतिक्रिया