राजनीति


पूर्वराज्यमन्त्री पदम राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली

पूर्वराज्यमन्त्री पदम राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १२:४८, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री पदमबहादुर राईलाई माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिइएको छ। 

आइतबार बिहान पेरिसडाँडामा ओेजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर राईलाई अन्तिम श्रद्धाञ्जली दिएका हुन्।

पारकिन्सन रोगबाट पीडित राईको उपचारकै क्रममा शनिबार बेलुकी साढे ६ बजेतिर निधन भएको थियो।

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित भएर लागेका थिए। राई २०६३ को अन्तरिम व्यवस्थापिकामा माओवादीबाट विधायक भएपछि भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए। 

राज्यमन्त्रीकै हैसियतमा उनी पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेका थिए।

तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा लागेका थिए। वैद्यको पार्टी पनि विभाजित हुँदा उनी नेक्रविक्रम चन्द विप्लव’ नेतृत्वको पार्टीमा गए। 

तर विप्लवको पार्टीमाथि प्रतिबन्ध लागेपछि राई २०७६ मा तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad