राजनीति


दुवै प्रहरीका नयाँ ऐनमा गृहमन्त्रीले गरे हस्ताक्षर, अब बस्ने मन्त्रिपरिषद्‍मा पेस गर्ने

हाकिमको जागिर लम्बिने, जवानलाई १६ वर्षमै पेन्सन
दुवै प्रहरीका नयाँ ऐनमा गृहमन्त्रीले गरे हस्ताक्षर, अब बस्ने मन्त्रिपरिषद्‍मा पेस गर्ने

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १८:३९, काठमाडौँ

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदामा गृहमन्त्री रमेश लेखकले हस्ताक्षेर गरेका छन्।

अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगबाट स्वीकृति प्राप्त भएपछि अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री लेखकले शुक्रबार दुवै प्रहरीका ऐनमा हस्ताक्षर गरेको गृहमन्त्रीका प्रेस संयोजक लोकेन्द्र भट्टले जानकारी दिए।

गृहमन्त्री भएको एकसय दिनभित्रमा यी दुवै प्रहरीका नयाँ ऐन संसदमा पेस गरिसक्ने गृहमन्त्री लेखकले घोषणा गरेका थिए। तर अन्य मन्त्रालयहरुसँग पनि सहमती लिनु पर्ने र अहिले संसद अधिवेशन अन्त्ये भएकाले केही ढिलागरी संसदमा पेस हुने भएको हो।

नयाँ ऐनको मस्यौदा अब बस्ने मन्त्रिपरिषद बैठकमा पेस हुनेछ। संसदमा छलफलका लागि पेस गर्न मन्त्रिपरिषदबाट स्वीकृतिका लागि लैजान लागिएको हो।

मन्त्रिपरिषदबाट स्वीकृति भए अब बस्ने संसदमा पेस गर्ने गृहमन्त्री लेखकको तयारी छ। नयाँ ऐनमा दुवै प्रहरीका धेरै व्यवस्था परिवर्तन गर्न लागिएको छ। दुवै प्रहरीका उच्च अधिकारीहरुको उमेर हद बढाइने छ भने ३० वर्षे सेवा अवधि पनि दुवै प्रहरीमा हट्ने छ।

उमेर हद र ३० वर्षे सेवा अवधिका काराण प्रहरीका उच्च अधिकारीहरु छिटो अवकास हुँदै आएका थिए। यसलाई रोक्न ऐनमै नयाँ व्यवस्था गर्न लागिएको हो।

यस्तै तल्लो दर्जाका प्रहरीले १६ वर्षमै पेन्सन पाउने भएका छन्। १६ वर्ष जागिरमा रहेर राजीनामा दिने प्रहरीले पेन्सन पाउने छन्। तर उनीहरुले पेन्सन भने २० वर्ष भएपछि मात्रै पाउने गरी ऐन ल्याउन लागिएको हो।

यसअघि नेपाली सेनामा यो व्यवस्था कार्यन्वयनमा आएको छ। तल्लो दर्जाका सैनिकहरुले १६ वर्षमै राजीनामा दिएपनि पेन्सन पाउँछन्। तर उनीहरुले पनि पेन्सन पाउनका लागि भने जागिर सुरु गरेको २० वर्ष भएको हुनु पर्नेछ।

१६ वर्षमै राजीनामा दिने प्रहरी र सेनाका तल्लो दर्जाका कर्मचारीले ४ वर्षपछि मात्रै पेन्सन सुविधा पाउनेछन्। अब नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा एउटै व्यवस्था कार्यनवयन गर्न लागिएको हो।

दर्जा अनुसार पेन्सन हुने अवधि कायम हुने भएको छ। जवान, हवल्दारको पेन्सन अब १६ वर्षमै हुनेछ। जुनियर प्रहरी अधिकृतहरूको पेन्सन १८ वर्षमा र प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाको हकमा २० वर्षमा मात्रै पेन्सन हुने भएको हो।

यस्तै प्रहरीको उमेर हद पनि बढ्ने भएको छ। प्रहरीमा उमेर हद ६० वर्ष बनाउन लागिएको हो। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखको उमेर हद ५८ वर्ष छ। एआईजी र डीआईजीको उमेर हद ५६ वर्षे छ।

दुवैको उमेर हद पनि बढाउन लागिएको हो। यसअघि सर्वोच्च अदालतले पनि दुवै प्रहरीका नयाँ एने ल्याउन र यी विषयको निकास दिन परमादेश जारी गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad