राजनीति


२०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु : ओली

२०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु : ओली

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १५:४, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू २०८३ साल असारसम्म प्रधानमन्त्री रहने दाबी गरेका छन्। सरकार टिक्दै टिक्दैन भनेर पटक–पटक प्रचार भए पनि त्यसमा सत्यता नभएको उनको भनाइ छ। 

‘अलि अगाडिसम्म के हो, कसो हो भन्ने पनि परेको हुनसक्दछ,’ एमालेको जागरण सभामा ओलीले भने, ‘किनभने सरकार बन्दैबन्दैन, बन्यो। विश्वासको मत पाउँदै, पाउँदैन, त्यो पनि पायो। यो महिना कट्दैन। त्यो पनि कट्यो। दसैं देख्दैन, त्यो पनि देख्यो। देख्ने मात्रै होइन, मनायो। तिहार देख्दैन, त्यो पनि देख्यो। कार्तिक कट्दैन, त्यो पनि कट्यो। अब भाका राख्दैछन्, फेब्रुवरीको। त्यो भनेको फागुनको हो। म भन्न चाहान्छु, २०८४ साल मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझेहुन्छ, कान खोलेर सुनेहुन्छ। म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि प्रधानमन्त्रीलाई जिम्मा लगाउँछु। शेरबहादुर देउवाजीले १८ महिना चलाउनुहुन्छ।' 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad