राजनीति


संकटमोचनका लागि बनेको सरकार हो, प्रधानमन्त्रीलाई काम गर्न देऊ : शंकर पोखरेल

संकटमोचनका लागि बनेको सरकार हो, प्रधानमन्त्रीलाई काम गर्न देऊ : शंकर पोखरेल

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १४:२६, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपालको संकटनमोचनका लागि बनेको भन्दै प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने बताएका छन्। 

‘आजको जागरण सभाले काम गर्नेलाई काम गर्न देउ भन्ने सन्देश दिनुपर्छ,’ शुक्रबार नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले भने, ‘काम गर्नेलाई काम गर्न देउ भनेर हामी सबैले भन्न सक्नुपर्दछ।’

आफ्नो पार्टीको अध्यक्षलाई कमजोर बनाउने खेल भएको भन्दै पोखरेलले भने, ‘केपी ओलीको नेतृत्वमा बनेको सरकार, नेपालको संकटमोचनका लागि बनेको सरकार हो।’ ओलीकै नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपाली सम्भव हुने उनको दाबी छ। 

उनले एमाले नै सुशासनको मामिलामा सबैभन्दा ठिक ठाउँमा भएको दाबी गरे। ‘सुशासनका मामिलामा हाम्रो पार्टी सबैभन्दा सही ठाउँमा छ,’ पोखरेलको भनाइ छ, ‘एमालेका नेता कार्यकर्ता कसैले यो पार्टीको आदर्शलाई समात्न सक्दैन भने कारबाहीको भागिदार हुनेछन्। अभियोग लागेका मान्छेलाई हामीले बचाउने गरेका छैनौं।'

सत्तामा रहेको पार्टीले सभाजुलुस गरेकोबारे प्रश्न उठाइएको भन्दै महासचिव पोखरेलले लोकतन्त्र भएका मुलुकमा सबै नेता जनताको बीचमा जाने जिकिर गरे। उनले भने, ‘लोकतन्त्र भएका मुलुकमा सबै जनताका बीचमा जाने गर्दछन्, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिनदिनै सभामा गएर भाषण गरेको तपाईंहरु सुन्नुहुन्छ।’

‘कमसेकम भारतीय लोकतन्त्र देखेका नेताहरुले यसप्रकारका टिप्पणी नगरेहुन्थ्यो,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad