राजनीति


शंकर पोखरेलको प्रश्न- एमाले नेतृत्वविरुद्ध कसले र किन गरिरहेको छ कुप्रचार?

शंकर पोखरेलको प्रश्न- एमाले नेतृत्वविरुद्ध कसले र किन गरिरहेको छ कुप्रचार?

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १३:३५, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र त्यसको नेतृत्वविरुद्ध षड्यन्त्रपूर्ण ढंगले कुप्रचार भइरहेको दाबी गरेका छन्। 

शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले वर्तमान सरकार र आफ्नो पार्टीले मुलुकको हितमा काम गरिरहँदा पनि विभिन्न प्रकारले एमाले र त्यसको नेतृत्वलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका हुन्। 

काम गर्नेलाई हौसला दिन र कमीकमजोरी भए सुधारका लागि सुझाव दिन पनि पोखरेलले आग्रह गरेका छन्। 

‘काम गर्नेलाई हौसला देऊ, कमीकमजोरी भए सुझाव देऊ, विकल्प भए विकल्प देऊ,’ नेता पोखरेलले नौ बुँदामा विभिन्न प्रश्नहरु गर्दै भनेका छन्, ‘अस्थिरता सिर्जना गर्ने उद्देश्यअनुरुप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गरौँ।’

पाेखरेलले सामाजिक सञ्जालमा लेखेका छन्

नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?
के नेकपा(एमाले)ले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ,रेल र पानी जहाजको योजना अघिसार्नु ग़लत हो ?
नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलितपूर्ण ऋण सहायता लिनु के ग़लत हो ?
नेपाललाई भूपरिवेष्ठित मुलुकवाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चिनसंग व्यापार र पारवाहन संझौता गर्नु गलत हो ?
के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप वन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु ग़लत हो ?
के नेपालले भैरहवा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसंग अनुकुल एअररुटको माग गर्नु गलत हो ?
के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु ग़लत हो ?
यदी यसो गर्नु ग़लत लाग्छ भने नेकपा(एमाले)को विरोध जायज हुन सक्छ । होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देऊ।
काम गर्नेलाई हौसला देऊ। कमीकमजोरी भए सुझाव देऊ। विकल्प भए विकल्प  देऊ।
अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गरौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad