नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जागरणसभाका लागि र्याली सुरू भएको छ।
जागरणसभाका लागि भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ। एमालेको जागरण सभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा हुन लागेको हो। कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।












90
Shares

प्रतिक्रिया