राजनीति


अब सडकबाटै सरकार बनाउछौं : प्रभु साह

अब सडकबाटै सरकार बनाउछौं : प्रभु साह

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १६:२४, महोत्तरी

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार असफल भईसकेको टिप्पणी गर्दै अब आम जनताले सडकबाटै यो सरकारको ‘अन्त्येष्टि’ गर्नुको बिकल्प नभएको बताएका छन्। 

आजपा मधेस प्रदेश कमिटीद्धारा सोमबार जलेश्वरमा आयोजित  ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रम उनले शान्ति सुरक्षा कायम गर्न असफल भएको र हरेक बस्तुमा कर आतंक मच्चाएको आरोप लगाए।

‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ,’ साहको आरोप छ, ‘विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ। त्यसैले यो व्यवस्था र सरकार हुँदासम्म मुलुक समृद्ध हुन सक्दैन्। स्थायित्व, समृद्धि र जनताको आवश्यक्ता एवं चाहना पुरा गर्नका लागि यो व्यवस्था र सरकार सडकबाटै जनताले फाल्न ढिलाई गर्नु भएन्।’ 

विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको उनको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad