राजनीति


रास्वपाले कीर्तिपुरमा मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने

रास्वपाले कीर्तिपुरमा  मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने

नेपालखबर
मंसिर २, २०८१ आइतबार १२:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरको मेयर र २ वडाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ। रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले त्यहाँ उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए। 

यसअघि मेयरका लागि  नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो। तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ। काठमाडौँ महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिने भएको छ। 

आफूले उम्मेदवारी नदिएपछि रास्वपाले राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ। यद्यपि, अहिले कसलाई सर्मथन गर्ने भन्ने निर्णयमा भने पुगिनसकेको बिष्टले जानकारी दिए। ‘अहिले कसलाई सर्मथन गर्ने भन्ने निर्णयमा हामी पुगेका छैनौं,’ उनले भने, ‘हामी यसमा छलफल गरेर निष्कर्षमा पुग्छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad