राजनीति


प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

परराष्ट्रमन्त्री आरजु राणा देउवा।(फाइल तस्बिर)


नेपालखबर
मंसिर २, २०८१ आइतबार १२:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ। 

प्रधानमन्त्रीको भ्रमणबारे छलफलका लागि समितिले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको थियो। तर, अन्तिम समयमा आएर मन्त्री राणाले व्यवस्थताका कारण आउन नभ्याउने भनेपछि बैठक स्थगित भएको समिति सचिवालय स्रोतले जानकारी दियो। 

औपचारिक घोषणा भइनसकेको भए पनि प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि भन्दै नेपाली कांग्रेस र नेकपा एमाले नेताहरु रहेको संयन्त्र गठन भएको छ। जसमा परराष्ट्रमन्त्री राणा पनि सदस्य रहेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad