राजनीति


उपनिर्वाचन : कीर्तिपुर र काठमाडौँ-१६ मा माओवादी-एकीकृत समाजवादी तालमेल

उपनिर्वाचन : कीर्तिपुर र काठमाडौँ-१६ मा माओवादी-एकीकृत समाजवादी तालमेल

नेपालखबर
मंसिर १, २०८१ शनिबार १९:५८, काठमाडौँ

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले काठमाडौँका दुई स्थानीय तहमा तालमेल गर्ने भएका छन्। 

शनिबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेबीच कीर्तिपुर नगरपालिकाको मेयर र  काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा तालमेल गर्ने सहमति भएको हो। 

सहमति अनुसार कीर्तिपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जनलाई एकीकृत समाजवादीले समर्थन गर्नेछ भने काठमाडौँ–१६ मा एकीकृत समाजवादीका उम्मेदवार मिन मानन्धरलाई माओवादी केन्द्रले समर्थन गर्नेछ। 

अबको १५ दिनपछि देशभरका रिक्त ४४ स्थानीय तहका जनप्रतिनिधिका लागि उपनिर्वाचन हुँदैछ। 

सत्तारुढ दलहरू एक आपसमा प्रतिस्पर्धामा उत्रँदैछन्। 

निर्वाचन आयोगले तयारी तिव्र पारिरहँदा दलहरू पनि चुनाव हुने क्षेत्रमा बाक्लो देखिन थालेका छन्। यसैबीच संघीय राजधानी काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन्। 

कीर्तिपुरमा नेकपा एमालेबाट सुरेन्द्र मानन्धर र नेपाली कांग्रेसबाट कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले जयराम कार्कीलाई उम्मेदवार बनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad