राजनीति


राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैन : प्रधानमन्त्री ओली

राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैन : प्रधानमन्त्री ओली

नेपालखबर
मंसिर १, २०८१ शनिबार १६:१५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताए। 

राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने बताउँदै उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशिलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए।

वैरभव पलायो भने बुद्धिजम नहुने उनको भनाइ थियो।

‘राजनीतिक हिसावले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन्। पोल्टिकल चिटिङ गरिरहेका छन्। त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन्। त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ। राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन। बुद्धिजमको शिक्षा बिल्कुल फरक हो। सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशिलता, सहअस्तित्वको कुरा हो। वैरभव पलायो भने बुद्धिजम छैन। बुद्धिजममा धेरै राम्रा गुण छन्। यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच छैन,’ प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad