राजनीति


एमालेले एकल निर्णय र एजेण्डा बोकेर हिँड्न पाएको छैन : महासचिव पोखरेल

एमालेले एकल निर्णय र एजेण्डा बोकेर हिँड्न पाएको छैन : महासचिव पोखरेल

नेपालखबर
मंसिर १, २०८१ शनिबार १५:४, भक्तपुर

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन्।

नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास–निर्माणका काममा तल्लीन भएको बताए।

‘नेकपा एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ,’  उनले भने।

राज्य र जनता मिलेर देश बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डो¥याउन धेरै समय नलाग्ने बताए।

त्यस अवसरमा नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई, पोलिटव्यूरो सदस्य  महेश बस्नेत, केन्द्रीय सदस्यहरू सोमप्रसाद मिश्र, निर्मल भट्टराई, तुलसा दाहाल, गोविन्द दुवाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापाले ‘एमालेको मिसन ०८४ अभियान’लाई सफल पार्न सबै नेता, कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad