राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले बढ्दो हरितगृह ग्यास उत्सर्जनलगायत कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नुपरेको उल्लेख गर्दै यसको क्षतिपूर्ति पाउनुपर्ने प्रस्ताव राखेकी छन्।
अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि यूएनएफसीसीसीका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) ‘न्यायसंगत र समतामूलक ऊर्जा संक्रमणका लागि रूपान्तरणात्मक विधायी’ बहसमा आफ्ना धारणा राख्दै डाक्टर शाक्यले त्यस्तो प्रस्ताव राखेकी हुन्।
उनले जीवाश्म इन्धन निर्भरता घटाउने र जीवाश्ममुक्त भविष्यका लागि समतापूर्ण ऊर्जा पहुँच सुनिश्चित गर्नेतर्फ विश्व समुदायको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइन्।
उनले मानव-सिर्जित समस्या प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणलगायतले जलवायु परिवर्तनमा भूमिका खेलेको र त्यसले प्राकृतिक प्रकोपका साथै जलवायुजन्य विपद्ले मानवजीवनमा गम्भीर असर गरिरहेको उल्लेख गरिन्।
‘अधिक उत्पादन गर्ने देशहरूले औधिगिक क्रान्तिकालदेखि नै वायुमण्डललाई प्रदूषण गर्दै आएका छन्,’ उनले भनिन्, ‘नेपालले हरित हाइड्रोजन र नवीकरणीय उर्जामा आफूलाई बढी केन्द्रित हुनुपर्ने मुद्दा नेपालले उठान गरिन्को छ। प्रदूषण गर्ने सूचीमा नेपाल धेरै तल रहे पनि नेपालले अरू मुलुकहरूभन्दा द्रूत गतिमा क्षति बेहोर्नुपरिरहेको छ।’
डाक्टर शाक्यले चाँदीझैँ टलक्क टल्कने नेपालका सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएको उल्लेख गर्दै जलवायु परिवर्तनको असरका कारण नेपालका हिमाल उराठलाग्दा बन्न थालेको र यसले समग्र र जलवायुजन्य विपद्का कारण बसाइँसराइ बढ्दै गएकामा चिन्ता व्यक्त गरिन्।
‘चाँदीझैँ टलक्क टल्कने नेपालका सेता हिमाल कालापत्थरमा परिणत हुनुमा हाम्रो दोष छैन, यसमा धनी मुलुकहरू नै जिम्मेवार छन्,’ उनले प्रश्न गरिन्, ‘ठूलाठूला उद्योग भएका देशहरूले गरिन्को कार्बन उत्सर्जनका कारण हामीले कहिले हिमपहिरोको सिकार हुनुपरेको छ भनिन् कहिलेभारी वर्षाले ल्याउने विपद्बाट तर्सिरहनु पर्ने अवस्था छ। सुक्खाका कारण उत्पादन घटिरहेको छ। हामीले नगरिन्को गल्ती कहिलेसम्म भोगिरहनेरु’
नेपालले हरियाली प्रर्वद्धन गर्दै जाने अनि ठूला र सम्पन्न मुलुकले उद्योग सञ्चालनका नाममा कार्बन उत्सर्जन गर्दै जाने हो भनिन् न्यायसंगत र समतामूलक नहुनेमा पनि उनले जोड दिइन्।
उनले केही महिना पहिला नेपालले जलवायु परिवर्तनका कारण हिमपहिरोको समस्या झेल्नुपरेको र ठूलो विपद् सामना गर्नुपरेको स्मरण गराउँदै जलवायु परिवर्तन गराउन मुख्य भूमिका खेल्ने मुलुकबाट ‘जलवायु वित्त’ को माग पनि गरिन्।
‘नेपालले भोगिरहेको हानि-नोक्सानीको क्षतिको क्षतिपूर्ति बढी मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले दिनुपर्छ,’ उनले भनिन्।
बहसमा नेपालसँगै इजिप्ट, बोलिभिया, युगान्डा, कोलम्बिया, क्यानडा, केन्यालगायत देशका सांसद र सो क्षेत्रका विज्ञ सहभागी थिए।
Shares

प्रतिक्रिया