राजनीति


दोस्रो चरणको आन्दोलन घोषणा गर्न राखिएको रास्वपाको पत्रकार सम्मेलन अचानक स्थगित

दोस्रो चरणको आन्दोलन घोषणा गर्न राखिएको रास्वपाको पत्रकार सम्मेलन अचानक स्थगित

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १२:१५, काठमाडौँ

पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गर्न राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलन स्थगित भएको छ। 

रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्न बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन राखेको थियो। 

कार्यवाहक प्रवक्ता मनीष झाले अर्को सूचना नआए सम्मको लागि सम्मेलन स्थगित गरिएको जानकारी दिए। 

सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि पोखराबाट मंगलबार भैरहवा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग दोस्रो दिन आज पनि बयान भइरहेको छ। जिल्ला सरकारी वकिलको कार्यालय, रुपेन्देहीमा सरकारी वकिलको रोहवरमा प्रहरीले बयान लिइरहेको हो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही (भैरहवा) पुर्‍याइएको थियो। 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा रवि लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याइएको थियो।

सभापति लामिछानेका पक्षमा सडक प्रदर्शनमा व्यस्त रास्वपाले आगामी मंसिर १६ गते हुने उपचुनावका लागि उम्मेदवार टुंग्याउन पनि सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad