राजनीति


पर्यटनमन्त्री पाण्डेले घुस लिएर क्यासिनोको लाइसेन्स बाँडेको कांग्रेस सांसद बजगाईंको आरोप

पर्यटनमन्त्री पाण्डेले घुस लिएर क्यासिनोको लाइसेन्स बाँडेको कांग्रेस सांसद बजगाईंको आरोप

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १३:२५, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डे र सोही पार्टीका अर्का सांसद राजेन्द्र बजगाईंबीचको विवाद सतहमा आएको छ।

केहीदिन अघि महंगो हवाइ भाडाविरुद्ध प्रदर्शन गर्दै पर्यटनमन्त्री पाण्डेको क्षमतामाथि प्रश्न उठाएका सांसद बजगाईंले मंगलबार मन्त्री पाण्डेमाथि रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका छन्। 

सांसद बजगाईं पर्यटन व्यवसायी पनि हुन्। गोरखा–१ बाट निर्वाचित सांसद बजगाईं र बाजुरा–१ बाट निर्वाचित सांसद पाण्डे दुवै कांग्रेसभित्र इतर समूहमा सक्रिय छन्। 

पार्टीभित्र एउटै समूहमा रहेपनि यी दुईबीचको विवाद बढ्दै गएको हो।

मंगलबार बिहान सांसद बजगाईंले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजतपत्र दिँदा घुस लिएको आरोप लगाएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत उक्त अनुमतिपत्रसमेत सार्वजनिक गरेका छन्। बजगाईंले सार्वजनिक गरेको पत्र अनुसार गत साउनमा क्यासिनोले अनुमति पत्र पाएको देखिन्छ।

पाण्डे असार ३१ गते मन्त्री नियुक्त भएका थिए। असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले त्यसको भोलिपल्टै २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए, जसमा पाण्डेले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका थिए।

लगत्तै साउनमा रोयल टाइगर रिक्रियसन प्रालिले साउन ११ गते इजाजतपत्र पाएको देखिन्छ। 

‘एक क्यासिनो संचालकले हामिहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे। दृष्टान्तः मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यों उपरोक्त नेताले त्यो पैसा फ़िर्ता पठायो,’ बजगाईंले भनेका छन्, ‘मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिँड्छ, यो झुट हो किनभने सभापति गृह परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा आफैँ प्रधानमन्त्रीलाई ब्रिफ गर्दैगरेको १५ औं सांसद साक्षी छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad