जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जनसंख्याको आधारमा विकास बजेट नपाएको गुनासो गरेका छन्।
जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्यसमितिले आज रौतहटको गढिमाई नगरपालिका–८ विरनगरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।
देशको आधाभन्दा बढी जनसंख्या मधेस प्रदेशमा भएपनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिँदा विकासमा मधेस पछाडि परेको उनले बताए।
१२ प्रतिशत मात्र बजेटले ५४ प्रतिशत जनसंख्या भएको मधेस प्रदेशको कसरी विकास हुन्छ भन्दै उनले प्रश्न गरे।
मधेसी जनताले मधेसबाट कांग्रेस र कम्युनिष्टलाई परास्त नगरेसम्म मधेसीले पूर्ण अधिकार पाउन नसक्ने उनले धारणा राखे।
पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेस पछाडि परेको बताएका छन् ।
Shares

प्रतिक्रिया