विभिन्न वामपन्थी दल तथा नागरिक अगाुवाहरूले प्यालेस्टाइनमा इजरायलद्वारा भइरहेको जनसंहारको विरोध गर्दै नेपालस्थित इजरायली दूतावासमा ज्ञापनपत्र बुझाएका छन्।
सोमबार राजधानीको शान्तिवाटिकामा भेला भएर विरोध प्रदर्शनसहित दूतावासमा ज्ञापन बुझाएका हुन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितका दल तथा युद्धविरोधी व्यक्तिहरू सो कार्यक्रममा सहभागी थिए।
शान्तिवाटिकाबाट भेला भएर जुलुससहित लाजिम्पाटस्थित इजरायली दूतावासनजिक पुगी विरोधसभामा परिणत भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले इजरायलले अमेरिकी साम्राज्यवादको आडमा प्यालेस्टाइनी जनताको भूमि खोसेर उनीहरूको जनसंहार गरेको आरोप लगाए। उनले तत्काल युद्ध रोक्न र प्यालेस्टाइनी जनतालाई आफ्नो भूमी फिर्ता गर्न अमेरिका र इजरायलसँग माग पनि गरे।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधि र नागरिक अगुवाहरूले मन्तव्य राखेका थिए।







Shares

प्रतिक्रिया