संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले सन् २०२४ विश्वकै सबैभन्दा तातो वर्ष बन्ने बाटोमा रहेको बताएको छ।
डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी छ।
२०१५ मा पेरिसमा लगभग २०० देशले जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभाव कम गर्ने आशामा बढ्दो तापक्रमलाई सीमित गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।
तर संयुक्त राष्ट्र संघ भन्छ- १.५ डिग्री सेल्सियस लक्ष्य अझै तोडिएको छैन किनभने यसले दीर्घकालीन औसत प्रतिबिम्बित गर्दछ।
159
Shares

प्रतिक्रिया