राजनीति


हिरासतमा रवि लामिछानेलाई भेट्न पुगे डीपी र स्वर्णिम

हिरासतमा रवि लामिछानेलाई भेट्न पुगे डीपी र स्वर्णिम

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १६:२२, काठमाडौँ

प्रहरी हिरासतमा रहेका राष्ट्रिय पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उपभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पुगेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीमा भर्खरै उनीहरू भेट्न पुगेको रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले जानकारी दिएकी छिन्।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका सभापति लामिछानेलाई अदालतले हिजो (आइतबार) १० दिनको म्याद थप गरेको छ। 

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए। 

लामिछानेलाई मंगलबार बुटवल लगिने भएको छ। हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो।

त्यसअघि लामिछानेलाई भेट्न दुई सभापति पोखरा पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad