प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पुस २ गते बस्ने भएको छ।
सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक पुस २ गते बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
त्यस्तै बैठकले मंसिर १६ गते हुन लागेको उपचुनावका लागि नेताहरुको कार्यविभाजन गरेको छ।
सापकोटाका अनुसार आगामी मंसिर मसान्तसम्म पालिका सम्मेलन सकेर सरकारविरुद्ध खबरदारी सभा आयोजना गर्नेसमेत निर्णय बैठकले गरेको छ।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्नी सापकाेटा
159
Shares

प्रतिक्रिया