संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ।
सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा बस्ने साेमबार दिउँसो सवा १२ बजे बस्नेगरी बैठक बोलाइएको छ।
आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन-२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
गएको भदौ ३१ गते संसद् अन्त्य भएपछि सुस्ताएको संसदीय गतिविधि विस्तारै सुरु हुन थालेको छ।
दसैँ, तिहार र छठपछि संसदका समितिहरूको बैठक बस्न लागेकाे हाे।
33
Shares

प्रतिक्रिया