राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनको राजदूत नियुक्त गरेका छन्। अमेरिकाका लागि लोकदर्शन रेग्मी र चीनका लागि प्रा.डा कृष्णप्रसाद ओली राजदूत नियुक्त भएका हुुन्।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन्।
गत साउन १४ गते मन्त्रिपरिषद्ले विभिन्न १८ देशको राजदूत सिफारिस गरेको थियो।
273
Shares

प्रतिक्रिया