राजनीति


उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन पार्टी पंक्तिलाई कांग्रेसको निर्देशन

उपनिर्वाचनमा एकताबद्ध भएर परिचालन हुन पार्टी पंक्तिलाई कांग्रेसको निर्देशन

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार २१:५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकताबद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको हो।

‘म देशभरीका पार्टी पंक्तिलाई अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु कि अत्यन्त संयमताका साथ, अत्यन्तै शालिनताका साथ, जिम्मेवारीबोधका साथ, परिपक्वताका साथ निर्वाचनको प्रतिस्पर्धामा सामेल बनौँ। यो निर्वाचन जित–हारको विषय मात्रै नभएर यो निर्वाचन कसरी सम्पन्न हुन्छ?,’ उनले भने, ‘त्यसले हाम्रो राजनीतिको सन्दर्भमा एउटा सन्देश दिन्छ। त्यसैले प्रतिस्पर्धा तर उत्तिकै हार्दिकता, हार्दिक प्रतिष्पर्धा तर प्रतिष्पर्धी दलहरुसँगको, उम्मेदवारहरुसँगको उत्तिकै आवश्यक समन्वय यो बेलामा जरुरी छ।’

पार्टी महामन्त्री एवं सो समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रस्तुत हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

लोकतान्त्रिक पद्धतिप्रतिको आम नागरिकको विश्वासलाई अझै खदिलो बनाउने गरी सो उपनिर्वाचनलाई हार्दिकताका साथ सम्पन्न गराउन बैठकले सबै राजनीतिक दलहरुलाई आग्रह पनि गरेको महामन्त्री शर्माले बताए।

‘नेपाली कांग्रेसको रुख चिन्हमा मत दिएर विजयी गराउनका लागि पनि हामी अपिल गरिरहेका छौँ। पार्टी पंक्तिलाई एकताका साथ, ऊर्जाका साथ अघि बढन पनि हामी अपिल गर्दछौँ। सँगैमा अन्य राजनीतिक दलहरूलाई पनि हाम्रो आग्रह छ–निर्वाचनहरू भइरहन्छन्। कहिले जीत हासिल हुन्छ, कहिले हुँदैन,’ महामन्त्री शर्माले भने, ‘तर त्यो जीत हासिल गर्नका लागि आचारसंहिता विपरितका गतिविधिहरु गर्ने, उत्तजनात्मक अभिव्यक्तिहरु राख्ने, समाजमा द्वन्द्वलाई सृजना गर्ने कर्महरू गर्ने। यसले जुन तिक्त वातावरण बन्छ, त्यसले सुसंस्कृत सन्देश दिँदैन । त्यसैलेनिर्वाचनमा प्रतिष्पर्धा गरिरहँदा सबै दलहरूले यो लोकतान्त्रिक पद्धतिप्रतिको नागरिकको विश्वासलाई अझै खदिलो बनाउने प्रयास गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad