राजनीति


तिहारले सबैको जीवनमा उमङ्ग छाओस्: प्रधानमन्त्री

तिहारले सबैको जीवनमा उमङ्ग छाओस्: प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८१ आइतबार १०:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन्। 

भाइटीकाको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहारले सबै नेपालीमा उमङ्ग छाओस् भन्ने कामनासमेत गरेका छन्।

उनले तिहार पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वाससमेत व्यक्त गरेका छन्। उनले तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड भएको पनि बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad