राजनीति


एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैन : अध्यक्ष प्रचण्ड

एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैन : अध्यक्ष प्रचण्ड

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १९:३२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि धेरै चर्चा गरेको भएपनि पर्याप्त नभएको जिकिर गरे। 

अब आफैँ बदलिने र कम्युनिस्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताउँदै उनले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए। 

‘हामीले हिजो एकताको कुरा गर्दैगर्दा कमरेड मदन भण्डारीका कयौँ कुराहरु र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि चर्चा हामीले नगरेको होइन। तर त्यो पर्याप्त भएन। आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैँ आफैँले सुरु गरौँ। अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहीँ देख्या छैन। यहाँ अरु कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौँ ठिकै छ, नमिल्नेहरू कति मिल्न सकिने हो?,’ उनले भने।

मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरुले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकताबद्ध हुनुपर्ने बताउँदै उनले सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताए।

‘त्यतिमा मोर्चा बनाएर मिलौँ। त्यो पनि सकिँदैन। खासखास इस्युहरूमा कार्यगत एकता गरौँ। तर मिल्नुपर्ने सबैभन्दा ठूलो कुरा आफ्नै पार्टी कसरी सही विचारको आधारमा एकतावद्ध गर्ने? र सही विचारको आधारमा समाजवादी क्रान्तीतिर पार्टीलाई लैजाने भन्ने संकल्प ग¥यो भने त्यहीँबाट अरुलाई पनि एकतावद्ध गर्ने प्रक्रियाको सुरुवात हुनसक्छ। इतिहास र घटनाक्रमले तपाईं हामीलाई यही सिकायो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad