नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उदयपुर जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुर उदयपुरगढी ४ का जितबहादुर पुलामी मगरलाई बिहीबार बिहान पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ।
उनलाई उदयपुरगढी गाउँपालिका ७ अँधेरीस्थित चित्रबहादुर खपाङ्गी मगरको घरमा बसिरहेका बेला प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट तीन थान मोबइललगायत विप्लव समूहका विभिन्न दस्तावेज बरामद गरिएकाे प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया