राजनीति


राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १०:३३, काठमाडौँ

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्। 

सोमबार दिउँसो सवा १२ बजे  समितिको बैठक बस्दै छ। यो समितिको ४१ औँ बैठक हो। सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ। 

विधेयकमाथि यसअघि भएका छलफलमा केही सांसद र निजी क्षेत्र अख्तियार निजी क्षेत्रमा हुने भ्रष्टाचारमा प्रवेश गर्न नहुने पक्षमा उभिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad