राजनीति


नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ती बाल्छ : प्रधानमन्त्री

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ती बाल्छ : प्रधानमन्त्री

नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १६:४०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ बत्ती बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गरेका छन्।

विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्व अहं रहेको उल्लेख गरे। 

प्रधानमन्त्री ओलीले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मिलिनमा सहभागिताका लागि विश्वस्तरका स्रष्टाहरुलाई आग्रह समेत गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारहरुलाई सम्मान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad