प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रृष्ठले अलिहेकै प्रधानमन्त्री हुँदा सन् २०१९ मा स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) सम्झौता भएको प्रचार भइरहेको भन्दै त्यसबारे जवाफ दिन आग्रह गरेका छन्।
‘आज र हिजो मात्रै अखबारहरूमा आउन थालेको छ, अमेरिकासँग सन् २०१९ मै अहिलेकै प्रधानमन्त्री प्रधानमन्त्री हुँदा एसपीपी सम्झौता भएको थियो’ श्रेष्ठले भने, ‘सरकारले जवाफ दिनुपर्यो त्यो भएको हो कि होइन? हामी कुनै पनि हालतमा एसपीपी सम्झौता हुन दिने छैनौं। यो देशका लागि घातक छ।'
सभालाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सन् २०१९ मा अमेरिका भ्रमणमा गएका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एसपीपीमा सहभागी हुने सैद्दान्तिक सहमति गरेको चर्चा भएको उल्लेख गरे।
एसपीपी अमेरिकाले अघि सारेको सुरक्षा नीतिसँग जोडिएको कार्यक्रम हो। २०७९ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएको थियो।
तत्कालीन सत्तारुढ दलहरू नेकपा माओवादी, एकीकृत समाजवादी लगायतका दललले एसपीपीको चर्को विरोध गरेपछि देउवा त्यसबाट पछाडि हटेका थिए। तत्कालीन मन्त्रीपरिषद्को बैठकले नै एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो।
अमेरिका जाने तयारीमा रहेका देउवाले आफूले त्यहाँ गएका बेला एसपीपीमा हस्ताक्षर नगर्ने बाचा सत्ता साझेदार दलहरुसँग गरेका थिए। तर, पछि देउवाको अमेरिका भ्रमण स्थगित भएको थियो।
एपीपी अमेरिकी सैन्य गठबन्धनको कार्यक्रम ‘इण्डो प्यासिफिक स्ट्राटेजी’ मा समेटिएपछि नेपाली सेनाले समेत यसबाट पछि हट्न सरकारलाई पत्राचार गरेको थियो।
Shares

प्रतिक्रिया