प्रधानमन्त्री केपी शर्मा ओलीले केही जिल्लामा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सृजना गरेको भन्दै एक विदेश सन्देश जारी गरेका छन्।
उनले यसबाट बच्न डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल नष्ट गर्न आग्रह गरेका छन्।
‘जस्तै पानी जम्ने ठाउँहरु खोजी लाम्खुट्टेका लार्भा/प्युपा नष्ट गर्ने कार्यलाई कम्तिमा हप्ताको एक पटक शुक्रबार १०:०० बजे १० मिनेट देशव्यापी अभियानको रूपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियानताहरूका साथै सम्पूर्ण नागरिकको सहभागिताको लागि हार्दिक अपिल गर्दछु,’ उनले सन्देशमा भनेका छन्, ‘नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ। स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ।’
सिंहदरबारभित्र डेंगीका लार्भा नष्ट गर्न सरकारले अभियान चलाउने
Shares

प्रतिक्रिया