सरकारले सिंहदरबारभित्र डेंगीका लार्भा नष्ट गर्न अभियान चलाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
सो अभियान अन्तर्गत शुक्रबार (कात्तिक ९ गते) सबै मन्त्रालय र सरकारी कार्यालयहरूमा डेंगीका लार्भा नष्ट गर्ने कार्यक्रम रहेको मन्त्री गुरुङले बताए।
‘भोलि शुक्रबार चाहिँ १० बजेभित्र आफ्नो–आफ्नो मन्त्रालयमा सबै सरकारी कार्यालयहरूमा त्यो डेंगीबाट जुन महामारी फैलिँदै गयो नि’ उनले भने, ‘त्यसको उपाय एउटा मात्रै के रहेछ भने डेंगुले फूल पार्ने, पानी जम्ने जुन हुन्छ, हाम्रो कवाडी सामान, प्रिभेन्सनका लागि यो अभियान सुरु गर्दिनुपर्यो भनेर उहाँ (स्वास्थ्यमन्त्री) ले रिक्वेस्ट गर्नुभाछ त्यति मात्रै हो।’
Shares

प्रतिक्रिया