राजनीति


प्रचण्ड जुम्लाबाट फर्कन ढिला हुने, ज्ञापनपत्र बुझाउने समय सर्‍यो

प्रचण्ड जुम्लाबाट फर्कन ढिला हुने, ज्ञापनपत्र बुझाउने समय सर्‍यो

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १७:२१, काठमाडौँ

संघीय संसद्का विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने समय सरेको छ। सोमबार जुम्ला पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्कन समय लाग्ने भएकाले समय सारिएको हो। 

दिउँसो साढे ४ बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने समयतालिका तय भएको थियो। तर, उनी फर्कन समय लाग्ने भएपछि बेलुकी ८ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

गएको शुक्रबार बसेको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।

बैठकले ज्ञापनपत्रको मस्यौदा तयार गर्न माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाललाई जिम्मा दिएको थियो।

बाढीपहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै विपक्षी दलहरुले ज्ञापन पत्र बुझाउन लागेका हुन्।

ज्ञापनपत्रमा मुख्यरुपमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्नुपर्नेसहितका माग समेटिएको एक नेताले जानकारी दिए। 

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad