नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पूर्व राजनीतिक सहयात्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरो परेको बेलामा मात्रै लत्रक्क परेर आउने गरेको बताएका छन्।
शनिबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावको बेलामा माओवादीसँग एकतानै हुन लागेकोबारे भएको चर्चा गलत रहेको जिकिर गरे।
‘चुनावी एकता गर्नै थालियो त्यतिबेला त्यो गलत थियो। पछिल्लो घटनाक्रमले जे देखाएको थियो त्यो सत्य होइन,’ उनले भने।
त्यस्तै, उनले प्रचण्डले खोला तर्ने तर लौरो बिर्सने पहिलादेखि नै चरित्र रहेको र त्यसमा केही परिवर्तन नभएको बताए।
रविको पक्राउबारे बाबुराम- लोकतन्त्र विधिको शासन हो, पारदर्शिता हुनुपर्छ
‘प्रचण्डजीमा सच्चिने खालको लक्षणचाहिँ देखिएन। खोलो तर्यो, लौरो बिर्स्यो। अप्ठेरो परेको बेलामा लत्रक्क परेर आउने, र अलिकति बल पाउनेबित्तिकै फेरि लात हान्ने उहाँको जुन चरित्र थियो। उहाँले फेरि त्यो देखाउनुभयो,’ उनले भने।
भट्टराईले आफूहरू वैकल्पिक राजनीतिको अभियानमा जोडिएको प्रष्ट पारेका छन्।
‘हामी वैकल्पिक राजनीतिक अभियानमा नै जोडिन्छौँ। हाम्रो के आशा छ भने माओवादीभित्र प्रचण्डको भ्रममा परेर आउनुभएका साथीहरूले पनि यसबाट पाठ सिकेर नयाँ ढंगले अघि आउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने।
Shares

प्रतिक्रिया