राजनीति


सभापति पक्राउको विरोधमा रास्वपाले आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने

सभापति पक्राउको विरोधमा रास्वपाले आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार ८:५८, काठमाडौँ

आफ्ना सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने भएको छ। 

पूर्व गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले शनिबार काठमाडौँ र पोखरामा प्रदर्शन गर्न लागेको हो। 

शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा र दिउँसो १ बजे काठमाडौँको माइतीघरमा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यवद्धताका लागि रास्वपाले सबैमा अपिल गरेको छ। 

शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई गएराति नै प्रहरीले पोखरा पुर्याएको छ।

पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ। 

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ। 

आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछननेलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad