राजनीति


बाढीपहिरोबारे सरकारलाई कात्तिक ५ गते ज्ञापन पत्र बुझाउने विपक्षी दलको निर्णय

बाढीपहिरोबारे सरकारलाई कात्तिक ५ गते ज्ञापन पत्र बुझाउने विपक्षी दलको निर्णय

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार ११:३२, काठमाडौँ

प्रतिपक्षी दलहरूले सरकारलाई आगामी कात्तिक ५ गते ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र बाढीपहिरो लगायतका विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको हो। 

बाढीपहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने तयारी विपक्षी दलहरूको छ।

‘आगामी कात्तिक ५ गते प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउने निर्णय भएको छ,’ ती नेताले भने।

त्यस्तै, संसद्को विशेष अधिवेशनबारे पनि आजको बैठकमा छलफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad