माछापुच्छ्रे बैंकबाट धमाधम ठूला लगानीकर्ताहरू बाहिरिन थालेका छन्।
यस सुरेन्द्र महतोले १ करोड माथिको कित्ता सेयर बेचेर बाहिरिएपछि अर्का सेयरधनी गणेश बहादुर श्रेष्ठले पनि बैंकबाट लगानी झिकेका हुन्।
श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता सेयर बिक्रीमा राखेका हुन्।
यसअघि फागुन १ मा बिक्रीमा राखेको सेयरमा खरिद आवेदन परेको थिएन। आवेदन नपरेको करिब ७ महिनापछि बैंकले श्रेष्ठको स्वामित्वमा रहेको सेयरलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी लिलामीमा राखेको हो।
बैंकले उनको स्वामित्वको सेयर २०८० फागुन १ गते, चैत १२ गते र २०८१ असार १ गते लिलामीमा राखेको थियो। त्यसमा संस्थापक सेयरधनीबाटै आवेदन माग गरिए पनि सेयरधनीहरूले आवेदन दिएनन्।
३ पटकसम्म बिक्रीमा राख्दा पनि खरिदका लागि आवेदन नपरेपछि बैंकले श्रेष्ठको सेयर पुन: बिक्रीमा राखेको हो।
बैंकले ७ दिनभित्र इच्छुक लगानीकर्ताले बैंकको सेयर खरिदबिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा खरिद गर्न चाहको मूल्य र सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।
श्रेष्ठ बैंकका २० ठूला लगानीकर्तामध्येका एक हुन्। यसअघि सुरेन्द्र महतोले १ करोडमाथिको सेयर बिक्री गरेर बैंकबाट बाहिरिसकेका छन्।
Shares

प्रतिक्रिया