कपिलवस्तु क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं हाल संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरी दसैँ मनाएका छन्।
विजयादशमीको टीका नभए पनि गएको बिहीबारदेखि सोमबारसम्म मन्त्री अधिकारीले कपिलवस्तुका २१ स्थानका सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएका उनको सचिवालयले जनाएको छ।
कार्यक्रममा मन्त्री अधिकारीले जनताको समस्या सुन्ने र समाधानको विकल्प र प्रयासबारे जनतालाई जानकारी गराएका थिए। कतिपय सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री अधिकारीले जनताका सरोकारका र गुनासोकाबारेमा जिल्लास्तरका कार्यालय प्रमुखलाई फोन गरी तुरुन्त समस्या समाधान गर्न निर्देशन समेत दिएका छन्।
मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेका अनुसार बिहीवार मन्त्री अधिकारीले कपिलवस्तु निर्वाचन क्षेत्रको दक्षिण भेगमा रहेका लवनी, बरगदवा, बल्लुहवा, पचेरा, सिसनीय, हर्नामपुर, नन्दनगर, जगदीशपुरलगायका स्थानमा निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट र सार्वजनिक सुनुवाइ गरे।
यस्तै, शुक्रबार क्षेत्र नम्बर ३ मा रहेको कृष्णनगर, बहादुरगञ्ज, चनैई, शिवराज, विजयनगर गाँउपालिकालगायत ५ स्थानमा सार्वजनिक सुनुवाई गरिएको थियो।
शनिबार दसैँको टीकाको दिन व्यक्तिगत र आफनो टोल र बाँणगंगा नगरपालिकामा ब्यक्तिगत भेटघाटमा समय दिएका मन्त्री अधिकारीले आइतबार र सोमबार ९ स्थानमा सार्वजनिक सुनुवाइ गरे।
त्यसक्रममा उनले छिट्टै भूमि आयोग गठन गरेर कपिलवस्तुलगायत देशभरकै भूमि समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता जनाए।
Shares

प्रतिक्रिया