राजनीति


गभर्नर अधिकारीमाथि छानबिन गर्ने समिति रद्द

गभर्नर अधिकारीमाथि छानबिन गर्ने समिति रद्द

नेपालखबर
असोज २०, २०८१ आइतबार १६:२५, काठमाडौँ

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठिन समिति रद्द गरेको छ।

शुक्रबार (असोज १८ गते) बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७८ चैत २४ गते छानबिन समिति गठन गरेको थियो। 

सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानविन समिति गठन भएपछि गभर्नर अधिकारी निलम्बनमा परेका थिए। सरकारको उक्त निर्णयलाई चुनौती दिँदै अधिकारीले वैशाख ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

सर्वोच्चले उनका पक्षमा अन्तरिम आदेश जारी गरी कारबाही प्रक्रिया रोकिदिएको थियो।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्ध बिग्रिएपछि उनले अधिकारीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad