राजनीति


भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छः श्रेष्ठ

भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छः  श्रेष्ठ

नेपालखबर
असोज १९, २०८१ शनिबार १४:३९, काठमाडौँ

पूर्व परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।

 शनिबा काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष उनले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे। 

 ‘हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौं, र, उनीहरुसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं,’ श्रेष्ठले भने, ‘कुनै एउटासँग घनिष्ट सम्बन्ध, अर्कोसँग अलि दूरीको सम्बन्ध हामी त्यसको पक्षमा छैनौं। मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौं। र त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वभाविक रुपमा समनिकटताको आधारमा हुन्छ दुवै देशसँग समानताको आधारमा हुन्।’ 

उनले विश्व राजनीतिक एशियाकेन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताए। देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए।


‘अहिले विश्व विस्तारै सबैले देखिराखेको छ, सम्पूर्ण विश्वको बदलिँदो परिस्थिति एशिया केन्द्रित हुँदै आईराखेको छ,’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठको भनाइ छ, ‘भूराजनीतिले विश्वमा अत्यन्तै ठूलो प्रभाव पार्दै लगिराखेको छ। र हाम्रो देश जुन भूराजनीतिक अवस्थितिमा छ। त्यसले पैदा गरेको सम्बेदनशीलता र चुनौतिहरु गम्भीर छन्। हामीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, हामीले पञ्चशीलको मान्यतालाई अवलम्बन गर्ने, संयुक्त राष्ट्र संघको बडा पत्रलाई मूल आधार बनाउने, असंलग्नतालाई स्वीकार गर्ने र आफ्नो देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई अगाडि बढाउनु पर्दछ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad